बिहीबार, भदौ ४, २०८३

दक्षिण एसियामा कोरोनाको के छ अवस्था ?

दक्षिण एसियाका ३ देशमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित भारत छ। भारतमा २३,५०२ जनामा संक्रमण भएकोमा ७२२ को मृत्यु भएको छ भने ५,०१२ जना निको भएका छन्।

पाकिस्तानमा ११,१५५ संक्रमित भएकोमा २,५२७ निको भएका छन् भने २३७ को ज्यान गएको छ ।

बंगलादेशमा ४,१८६ जना संक्रमित भएका छन् । तीमध्ये १०८ जना निको भएका छन् भने १२७ को मृत्यु भएको छ।

अफगानिस्तानमा ४२ जनाको मृत्यु भएको छ । त्यहाँ कुल संक्रमित १,२७९ मध्ये १७९ जना निको भएका छन् ।

श्रीलंकामा ३७३ संक्रमित भएकामा १०७ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

माल्दिभ्समा १०८ र नेपालमा ४८ जना संक्रमित छन् । भुटानमा भुटानमा ७ जनालाई संक्रमण भएको छ। दक्षिण एसियाका यी ३ देशमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५५१ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ४८१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जनाको मृत्यु भएको छ ।

रासस

प्रकाशित: Apr 24, 2020| 18:53 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।