बिहीबार, भदौ ४, २०८३

ओली, दाहाल र देउवाबीच परस्पर समझदारीमा जाेड

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

राष्ट्रपतिबाट राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएपछि ओलीले दुवै नेतालाई बालुवाटारमा बोलाएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नेताहरुसँग पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्। नेताहरुबीच महत्त्वपूर्ण राजनीतिक निर्णय गर्दा परस्पर समझदारी गरेर अघि बढ्ने विषयमा छलफल भएकाे थापाले बताए। 
यसअघि बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले अध्यादेश जारी गरेपछि प्रतिपक्षी कांग्रेसले चर्को विरोध गरेको थियो भने नेकपा अध्यक्ष दाहालले यसबारे केही बोलेका थिएनन्।

 

प्रकाशित: Apr 24, 2020| 18:33 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।