बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले ओलीसँग भने- श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्

देउवाले ओलीसँग भने- श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्

देउवाले ओलीसँग भनेका छन्, 'श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नुपर्नेकोमा अझै पुगेन।'
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनबाट प्रभावित श्रमिक, बेरोजगार, विद्यार्थी र सबै व्यवसायीका लागि तत्काल अर्को राहतको प्याकेज ल्याउन माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार बालुवाटारमा भएको भेटमा सभापति देउवाले यस्तो माग गरेको भेटपछि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

देउवाले ओलीसँग भनेका छन्, 'श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नुपर्नेकोमा अझै पुगेन।'

देउवाले कोरोना भाइरस परीक्षण व्यापक बनाउन, स्वास्थकर्मीलाई पीपीईलगायतका सामग्री यथाशीघ्र पु¥याउन र स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम काम तत्काल रोक्न पनि देउवाले आग्रह गरेका छन्।

उनले विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्न तत्काल योजना सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन माग गरेका छन्। देउवाले भनेका थिए, 'कोरोनाको जोखिमसँग लडिरहंदा अब विवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ।'

देउवाले दुवै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै अपहरण शैलीमा सांसदलाई तराईबाट काठमाडौं ल्याउनेमाथि कारबाहीको माग गरेका छन्। उनले भनेका छन्, 'यो माग देशभरी उठेको छ। मेरो माग पनि यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ।'

याे पनि पढ्नुस् :

सांसद अपहरण गर्नेलाई कारबाही होस् : कांग्रेस

प्रकाशित: Apr 24, 2020| 18:02 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।