बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साउदी अरबबाट फागुनमै आएका थिए भोजपुरका कोरोना संक्रमित युवक

साउदी अरबबाट फागुनमै आएका थिए भोजपुरका कोरोना संक्रमित युवक

कोरोना संक्रमण देखिएका भोजपुरका २६ वर्षीय युवक फागुन ३० गते साउदीबाट नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं– कोरोना संक्रमण देखिएका भोजपुरका २६ वर्षीय युवक फागुन ३० गते साउदी अरबबाट नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

उनी हिमालयन एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा फागुन ३० गते उत्रिएको र सार्वजनिक यातायात चढेर उदयपुर पुगेको र उदयपुरमा केही दिन बसी भोजपुर पुगेका थिए। ती युवकमा बिहीबार कोरोना संक्रमण देखिएकाे थियाे। 

उनीसँग उदयपुरमा सम्पर्कमा रहेकाको परीक्षणको क्रममा रहेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

अहिले संक्रमित युवालाई हतुवागढीबाट कोशी अञ्चल अस्पतालले सञ्चालन गरिरहेको कोरोना अस्पताल पठाउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म ४७ हजारकोे कोरोना भाइरस परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म ४७ हजार चार सय ९६ जनाको परीक्षण गरिएको जानकारी दिए।

अहिलेसम्म आइसोलेसनमा ८९ रहेका छन्। तीमध्ये ३ जना काठमाडौं र ८६ जना उपत्यकाबाहिर छन्।

प्रकाशित: Apr 24, 2020| 16:50 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।