बिहीबार, कात्तिक २७, २०८२

चार नर्सरीमा मात्रै ६५ लाखको फूल खेर (फोटोफिचर)

सबैभन्दा बढी फूल बिक्री हुने समय असोज/कात्तिक र बैशाख महिना हो। तर, लकडाउनले गर्दा यो सिजन बजार पठाउने तयार भएका फूल खेर गए।
 |  शुक्रबार, वैशाख १२, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, वैशाख १२, २०७७

भक्तपुर रामकोटमा उद्धव गिरीले सञ्चालन गर्दै आएको ज्ञानेश्वर फ्लोरिष्टमा कार्नेसन, जर्नेरा, स्ट्याटिक, गुलाबलगायत प्रजातिका फूल छन्। बगैंचामा मौसमअनुसार बिक्री हुने फूल लगाउँदै आएका उनले चैत/वैशाखका लागि बजार पठाउने तयारी गरेका फूल बिक्री नभएपछि फाल्नुपर्‍यो।

National life

चैत/वैशाख, असार/साउन, असोज/कात्तिक, पुसलगायतका महिनामा मौसमअनुसार फूल तयार हुन्छन्। सबैभन्दा बढी फूल बिक्री हुने समय असोज/कात्तिक र वैशाख महिना हो। तर, लकडाउनले गर्दा यो सिजन बजार पठाउने तयार भएका फूल खेर गए।

गिरीले लकडाउनको एक महिनामा मात्रै करिब १५ लाख बराबरको फूल खेर फालेका छन्। उनकै आसपास रहेका अन्य तीन नर्सरीले पनि उत्तिकै फूल खेर फाले। उनका अनुसार रामकोटका चार नर्सरीमा मात्रै करिब ६५ लाख बराबरको फूल खेर गएको छ।

विभिन्न समारोह, विवाहलगायत कार्यक्रम पनि लकडाउन खुले लगत्तै पक्कै हुने छैनन्। लकडाउन भएपछि मात्रै होइन, त्योअघि फागुनदेखि नै फूलको माग घटेको गिरीको भनाइ छ। गिरी भन्छन्, “अहिलेको घाटा पूरा गर्न कम्तिमा दुई वर्ष लाग्छ होला।”

१० वर्षदेखि पुष्प व्यवसायमा आवद्ध उनले अहिलेको जस्तो अवस्था यसअघि कहिल्यै भोगेका थिएनन्। गिरी भन्छन्, “भूकम्प पनि वैशाखमा गएको भएर केही खेर फालेका थियौं, तर अहिलेको जस्तो एउटा फूल पनि बिक्री नहुने अवस्था भएन।”

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 24, 2020| 16:52 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।