दाङ– सामाजिक सञ्जाल फेसबुकबाट जरायोको सुकुटी खान निम्तो दिने एक जनालाई दाङबाट पक्राउ गरिएको छ।
जंगली जनावर जरायोको सुकुटी खान फेसबुकमा निम्ता दिने दाङको गढ्वा गाउँपालिका–६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालय, देउखुरीले पक्राउ गरेको हो।
पुनले आफ्नो फेसबुकमा ‘लकडाउनको सदुपयोग गराैं, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्टाटस लेखेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ।
पुनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको डिभिजन वनले जानकारी दिएको छ।