बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल जारी

सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका छन्।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं– सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्री ओलीले देउवालाई छलफलका लागि बालुवाटार बोलाएपछि दुवै नेताबीच केहीबेरदेखि छलफल भइरहेको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

“प्रधानमन्त्री र सभापति देउवाबीच केही समयदेखि बालुवाटारमा छलफल भइरहेको छ,” भानुले भने, “छलफलमा दुई जनाबाहेक अरु कुनै पनि नेता सहभागी छैनन्।”

चौतर्फी आलोचनापछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

प्रकाशित: Apr 24, 2020| 15:35 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।