बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितमध्ये एक जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

चितवन - भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितमध्ये एक जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका चिकित्सक प्रमोद पौडेलका अनुसार २७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको हो। ‘एक पटकको रिपोर्ट नेगेटिभ देखिएको छ। लगातार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्छौं।’, पौडेलले भने। महिलाको रिपोर्ट भने पोजेटिभ नै देखिएको छ।

गत ३ चैतमा बेलायतबाट हङकङ हुँदै नेपाल आएका चितवन टाँडीका आमाछोरामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। नेपालमा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिएपनि १० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ३८ जना उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन्।

प्रकाशित: Apr 24, 2020| 15:25 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।