बिहीबार, भदौ ४, २०८३

सांसद अपहरण गर्नेलाई कारबाही होस् : कांग्रेस

सरकारले अध्यादेशहरु फिर्ता लिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धन्यवाद ज्ञापन गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता गर्ने निर्णयको स्वागत गरेका हुन्। यस्तै कांग्रेसले सांसद अपहरण गर्नेलाई उन्मुक्ति दिन नमिल्ने पनि बताएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं - सरकारले अध्यादेशहरु फिर्ता लिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धन्यवाद ज्ञापन गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता गर्ने निर्णयको स्वागत गरेका हुन्। यस्तै कांग्रेसले सांसद अपहरण गर्नेलाई उन्मुक्ति दिन नमिल्ने पनि बताएको छ।

‘चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो। नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई।’ यस्तै विज्ञप्तिमा सरकारको नियोजित नियत प्रष्ट भैसकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि पनि अपील गरिएको छ।

कांग्रेसले समाजवादी पार्टीका सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याइएकोमा आपत्ती जनाउँदै घटनामा संलग्नलाई विज्ञप्तिमार्फत नै कारबाहीको मागसमेत गरेको छ। ‘अध्यादेश फिर्ता भएपनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन।’, शर्माले भनेका छन्,‘नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कारबाहीका लागि अपील गर्दछ।’

प्रकाशित: Apr 24, 2020| 15:03 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।