कर्णाली प्रदेशमा लकडाउनलाई खुकुलो बनाइने भएको छ।
प्रदेश विपद व्यवस्थान समितिको बैठकले लकडाउनलाई केही खुकुलो पार्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय खोल्ने र अलपत्र परेका नागरिकलाई उद्धार गरी गाउँमै पठाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवबिक्रम बुढाथोकीले जानकारी दिए ।
कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाएर तीनै तहका सरकारी कार्यालय खोल्ने निर्णय गरिएको हो । त्यस्तै अन्यत्रबाट प्रदेशमा प्रवेश गरेका व्यक्तिलाई सिधै सम्बन्धित जिल्ला वा पालिकामा जान दिने निर्णय गरेको छ । तर उद्धार गरी गाउँ पुगेका व्यक्ति भने क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने छ।