बिहीबार, भदौ ४, २०८३

भूकम्पको ५ वर्ष : अझै ८४ हजार घर बन्न बाँकी

२०७२ वैशाख १२ गतेको विकाशकारी भूकम्पमा ७ लाख ८६ हजार निजी आवास क्षति भएका थिए।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- भूकम्प गएको ५ वर्ष बितिसक्दा सम्म अझै ८४ हजार घर बन्न बाँकी छ। २०७२ वैशाख १२ गतेको विकाशकारी भूकम्पमा ७ लाख ८६ हजार निजी आवास क्षति भएका थिए। ८४ हजार घर भने निर्माण सुरु नै हुन सकेको छैन। 

४ लाख ९४ हजार घर निर्माण भइसकेका र एक लाख ९० हजार घर निर्माणको चरणमा रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त निजी घरको ८८ प्रतिशत निर्माण सम्पन्न भएको प्राधिकरणको दाबी छ।

पुनर्निर्माणमा ३ खर्ब ८१ अर्ब रुपैँयाँ खर्च भएको छ। सरकार तथा दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

सरकारले प्राधिकरणमार्फत भूकम्पमा क्षति भएका निजी आवास बनाउन तीन लाख रुपैयाँ अनुदान दिएको छ। हालसम्म ५ लाख ६१ हजार सर्वसाधारण पुनर्निर्माणपछि अन्तिम किस्ताको भुक्तानी लिइसकेका छन्।

प्राधिकरणका अनुसार भूकम्पमा क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ५ हजार ५९८ निर्माण सम्पन्न र १ हजार ४९२ निर्माणका क्रममा छन्।

यस्तै ९२० सम्पदामध्ये ४०२ वटा पुनर्निर्माण सम्पन्न भइसकेका छन् भने १४१ निर्माणाधीन छन्। एक हजार १९७ वटा स्वास्थ्य संस्थामध्ये ६६९ वटा निर्माण सम्पन्न र १४५ पुनर्निर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: Apr 24, 2020| 13:20 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।