बिहीबार, भदौ ४, २०८३

कैलालीमा निजी स्कुल सञ्चालक मृत भेटिए

कैलालीको गौरीगंगामा एक निजी स्कुलका सञ्चालक मृत भेटिएका छन्।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

कैलालीको गौरीगंगामा एक निजी स्कुलका सञ्चालक मृत भेटिएका छन्। गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल ४० वर्षीय कृष्णप्रसाद भुषाल मृत भेटिएका हुन्।

प्रहरीका अनुसार भुषाल पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमै मृत फेला परेका हुन्।

निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्षसमेत रहेका भुषालको आँखा, मुख र घँुडामा चोट देखिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

प्रहरीले भुषालसँगै बसेर मदिरा पिउने एक जना र होटल मालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुको परिचय खुलाइएको छैन।

भुषाल साइकलमा पहलवानपुरबाट घरतर्फ गइरहेको बुझिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।

भुषालको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको बस्नेतले जानकारी दिए।

प्रकाशित: Apr 24, 2020| 13:11 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।