बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौतर्फी दबाबपछि पछि हट्यो सरकार, दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस

चौतर्फी दबाबपछि पछि हट्यो सरकार, दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस

चौतर्फी दबाबपछि सरकारले हालै ल्याएका दुई वटा अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

चौतर्फी दबाबपछि सरकारले हालै ल्याएका दुई वटा अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनकै बीच वैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी विरोध भइरहेको छ।

राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सत्तारुढ दल नेकपाभित्र र बाहिर विवाद बढेको थियो।

नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ जना नेताले २४ घण्टाभित्र अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओलीलाई बिहीबार नै चेतावनी दिएका थिए।

संविधानको धारा १४४ को उपधारा ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।

 

प्रकाशित: Apr 24, 2020| 12:55 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।