बुधबार, असोज २१, २०८३

नेपालमा कहिले-कहिले गयो भयानक भूकम्प ?

पाँच वर्षअघि ठिक आजकै दिन यतिखेर हजारौं नेपालीले आफन्त र आफ्नो घरबार गुमाएका थिए । जुन पल सम्झिदा जो कोही नेपालीको आङ जिरिङ्ग हुन्छ ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- पाँच वर्षअघि ठिक आजकै दिन यतिखेर हजारौं नेपालीले आफन्त र आफ्नो घरबार गुमाएका थिए । जुन पल सम्झिदा जो कोही नेपालीको आङ जिरिङ्ग हुन्छ ।

बिहानको ११ बजेर ५६ मिनेट जाँदा पुरै नेपाल हल्लाउन गरि आएको ७.८ रेक्टर स्केलको भूकम्पबाट ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो ।

गोरखाको वारपाक इपिसेन्टर भएर गएको भूकम्पबाट २२ हजार ३ सय ९ जना घाइते भएका थिए । हजारौं नागरिक घरबार बिहिन भ एभने ८ खर्ब भन्दा बढिको भौतिक क्षति भयो ।

यो भूकम्पबाट धरहरा लगायतका ऐतिहासिक धरोहर नष्ट भयो भने पुरातात्विक सम्पदा पनि नासिएको थियो । अहिले बाँचीराखेको पुस्ताले भोगेको यो नै सबैभन्दा ठूलो भूकम्प हो ।

तर, यसअघि यस्ता विनाशकारी भूकम्प नेपालमा पटक पटक गएका छन् । हजारौंले यहि भूकम्पबाट ज्यान गुमाएका छन् भने खर्बौको भौतिक क्षति भएको छ ।

नेपालमा कहिले कहिले गयो महाविनाशकारी भूकम्प ?

२०७२ साल वैशाख १२ को भूकम्प

२०७२ साल वैशाख १२ गते शनिबार मध्यान्ह ११ः५६ बजे ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको यो भूकम्पबाट ८ हजार ५ सय ५६ जनाको मृत्यु भयो ।

यसको भोलिपल्ट भदौ १३ गते अपरान्ह पनि ठूलो परकम्प गयो भने बैशाख २९ गते गएको अर्को ठूलो परकम्प गएको थियो । यो भूकम्पपछि २ वर्षभन्दा लामो समयसम्म परकम्प गएको थियो ।

२०६८ असोज १ को भूकम्प

२०६८ असोज १ गते नेपालको साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पबाट नेपाल र भारतका गरी १११ जनाको मृत्यु भयो भने २०० भन्दा बढी घाइते भएका थिए ।

२०४५ भदौ ५ को भूकम्प

भूकम्प पूर्वी नेपालको उदयपुर जिल्लामा केन्द्रबिन्दु बनाएर वि.सं. २०४५ साल भदौ ५ गते बिहान ४ः४५ बजे ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो भूकम्पबाट करीब ७ सय ५० जनाले ज्यान गुमाएका थिए । छ हजार ५०० भन्दा बढी घर भत्किए । यो भूकम्पबाट सबैभन्दा बढी धरान शहर प्रभावित भएको थियो ।

२०३७ सालको भूकम्प

सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर २०३७ सालमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट १ सय २५ जना मानिसले ज्यान गुमाए भने २ सय ४८ जना घाइते भएका थिए ।

भूकम्पबाट बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुलामा गरेर करिब दुई हजार पाँच सय सय घर ध्वस्त भएका थिए ।

१९९० को भूकम्प

ऐतिहासिक विवरणअनुसार नेपालमा अहिलेसम्मकै सबैभन्दा सबैभन्दा ठूलो विनाशकारी भूकम्पका रुपमा वि.सं. १९९० माघ २ गते गएको भूकम्पलाई मानिन्छ ।

संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यो भूकम्पबाट ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो ।

जुद्धशम्शेर प्रधानमन्त्री भएका बेला गएको यो भूकम्पले अधिकांश सबै भौतिक संरचना ध्वस्त पारेको थियो । जुन भूकम्पमा परेर धरहरा पनि ढलेको थियो ।

१८९० को भूकम्प

१९९० मा गएको भूकम्पको ठिक एकसय वर्ष अघि नेपालमा शक्तिशाली भूकम्प गएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।

वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर गएको यो भूकम्पबाट ठूलो मानविय र भौतिक क्षति पुर्याएको ऐतिहासिक विवरणहरुमा उल्लेख छ । काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्किएको थियो ।

१८८० को भूकम्प

इतिहासकारहरुका अनुसार वि.सं. १८८० मा ठूलो भूकम्प गएको थियो ।

तिहारको यमपञ्चकका दिन १७ पटक भूकम्प गएको र यसले ठूलो क्षति र्पुयाएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ । तर, उक्त भूकम्पले कति मानिवय क्षति भयो कति भौतिक क्षति भयो भन्ने स्पष्ट विवरण पाइदैन् ।

१८६७ को भूकम्प

वि.सं. १८६७ जेठ १० गते पनि शक्तिशाली भूकम्प गएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ । यो भूकम्पबाट भक्तपुरमा थुप्रै मानिसको मृत्यु भएको थियो भने धेरैजसो मठ मन्दिर भत्किएका थिए ।

१८२४ को भूकम्प

वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का गएको इतिहासकारहरु बताउँछन् । तर, यसबाट कति क्षति भयो भन्ने कुनै अभिलेख पाइदैन् ।

१७३७ को भूकम्प

वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्हरु बताउँछन् । जसले ठूलो विपत निम्त्याएको भने पनि कति क्षति भयो भन्ने एकिन विवरण छैन् ।

१४६५ को भूकम्प

नेपालमा वि.सं. १४६५ मा पनि ठूलो विनाशकारी भूकम्प गएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।

यो भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिर लगायत अन्य दर्जनौं मन्दिर ढालेको थियो । सयौं मानिस तथा पशुको ज्यान गएको थियो भने जमीनमा ठूलठूला धाँजा फाटेका थिए ।

१३१६ को भूकम्प

वि.सं. १३१६ मा गएको भूकम्पले पनि नेपालमा अत्यास लाग्दो ढंगबाट क्षति पुर्याएको इतिहासकार बताउँछन् । यहि भूकम्पका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

१२१८ को भूकम्प

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन गएको यो महाविनाशकारी भूकम्पमा परेर राजा अभय मल्लको मृत्यु भएको थियो । यो भूकम्पबाट काठमाडौं उपत्काका करिब एक तिहाइ मानिस प्रभावित भएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।

प्रकाशित: Apr 24, 2020| 12:28 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।