काठमाडौं- विश्व हिन्दु महासंघ केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिले भारतको महाराष्ट्रमा भएको सन्त हत्याको हत्याको विरोध गर्दै हत्यारामाथि कारबाही गर्न माग गरेको छ।
केही दिनअघि भारतको महाराष्ट्रको “पालघर”मा सुशील गिरी र कल्पवृक्ष गिरी र चालकसहित ३ जनाको दाउरा र लाठी प्रहारबाट हत्या भएको थियो।
समितिका महासचिव शम्भुहरि बास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हिन्दु सनातनी, निरपराध, सत्यकामी, पूर्वीय दर्शनशास्त्रका मार्गदर्शक, गेरुबस्त्रधारी साधु–सन्तहरुको प्रहरी सामन्ने नै हत्या हुनु विश्वभरका हिन्दु–सनातनीका लागि निकै दुःखद् विषय हो।'
समितिले आपराधिक कार्यमा संलग्न सम्पूर्ण व्यक्ति र समूहलाई तुरुन्त कठोर कारबाही गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेको छ।