काठमाडौं- मन्त्रिपरिषद् बैठक आज ११ बजे बस्दै छ। बैठकमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भएका गतिविधिको समीक्षा र अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुनेछ।
यस्तै सरकारले केही दिन जारी गरेको अध्यादेशका कारण उत्पन्न राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ। अध्यादेशबारे सत्तारुढ दलका नेताले नै विरोध जनाएका छन्।
साथै बैठकमा सत्तारुढ दल नेकपाका ६ सचिवालय सदस्यले गरेको भिन्नै बैठक तथा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलका सांसदहरुसँग गरेको भेटघाटका बारेमा समीक्षा हुने बताइएको छ।