बिहीबार, भदौ ४, २०८३

आगामी तीन दिनसम्मै चट्याङ र असिनासहित वर्षा हुने

प्रि मनसुन सुरु भएसँगै देशका अधिकांश भागमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइराखेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- प्रि मनसुन सुरु भएसँगै देशका अधिकांश भागमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइराखेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार आज मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना देखिएको छ ।

देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए । दिउँसो केहि समय मौसम खुले पनि साँझ परेपछि पुनः वर्षा हुने उनले बताए ।

उनका अनुसार आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ । यस्तै भैरहवाबाट पूर्वतिर जनकपुर, सिरहा, सर्लाहीलगायत पूर्वी तराईमा आज अलि धेरै हुरीबतासको सम्भावना रहेको छ।

शनिबार पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको र आइतबार पनि यो क्रम जारी रहने महाशाखाले जनाएको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएसँगै एक हप्ता यता देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ। उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ।

प्रकाशित: Apr 24, 2020| 09:55 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।