काठमाडौं- नेपाल विद्यार्थी संघले विवादास्पद अध्यादेश फिर्ताका लागि दबाब दिन शुक्रबार देशभर विरोध प्रदर्शन गरिरहेको छ।
अध्यादेश फिर्ताका लागि सरकारलाई दबाब दिन ७७ वटै जिल्लाका प्रमुख स्थानमा विरोध प्रदर्शन भइरहेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
संघले लोकतन्त्रका लागि घातक रहेकाले ती अध्यादेश फिर्ताका लागि विरोध प्रदर्शन गर्नुपरेको दाबी गरेको छ।
‘कोरोना महामारीका बेला यस्ता कार्यक्रम गर्ने हाम्रो रहर नभएर बाध्यता हो। सरकार जनताको जीवन रक्षा गर्ने मूल दायित्व भूलेर निरंकुशतातर्फ अग्रसर भएकाले सडकमा आएका हौं’ तिमल्सिनाले भने।
यसैबीच संघले राजधानीका विभिन्न ठाउँमा सांकेतिक विरोध प्रदर्शन गरेकाे छ। विराेध प्रदर्शन सामाजिक दूरी कायम राखेर गरिएको संघले जनाएको छ।