बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनका बीच पनि पुनर्निर्माण सुचारु गर्न जरुरी भइसकेको छ : प्रधानमन्त्री

लकडाउनका बीच पनि पुनर्निर्माण सुचारु गर्न जरुरी भइसकेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले लकडाउनका कारण अर्थतन्त्रमा पर्ने असरले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम प्रभावित हुन पुगेको अवस्थामा स्वास्थ्य उपकरणको व्यवस्थासहित पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्न प्रबन्ध मिलाउन जरुरी भइसकेको बताएका छन्।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

प्रधानमन्त्री केपी ओलीले लकडाउनका कारण अर्थतन्त्रमा पर्ने असरले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम प्रभावित हुन पुगेको अवस्थामा स्वास्थ्य उपकरणको व्यवस्थासहित पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्न प्रबन्ध मिलाउन जरुरी भइसकेको बताएका छन्।

पाँचौं भूकम्प स्मृति दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले पुनर्निर्माण कार्यमा ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र सम्वेदनशील रहेको बताएका हुन्।

प्रधानमन्त्रीले सम्पदा क्षेत्रमा पुुनर्निमाण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल गरेको र ३२ जिल्लाको सम्पदा पुनर्निर्माण ४३।७ प्रतिशत सम्पन्न भएको जनाएका छन्।

यस्तै, ५ वर्षको अवधिमा निजी आवासतर्फ ५ लाख घर पुनर्निर्माण, ९ वटा एकीकृत वस्तीको पुनर्निर्माण, ५ हजार ५ सय ९८ विद्यालय पुनर्निर्माण तथा ६ सय ६९ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको पनि प्रधानमन्त्री ओलीले जनाएका छन् यस्तै, धरहराको १० औं तल्ला ढलान भइसकेको पनि सन्देशमा जनाइएको छ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ आएको भूकम्पले करिब ९ हजार जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए।

प्रकाशित: Apr 24, 2020| 08:32 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।