बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन वैशाख २२ गतेसम्म लम्ब्याउने सरकारको तयारी, प्रधानमन्त्री भन्छन्- जीवन रहे अर्थतन्त्र उकासौंला

लकडाउन वैशाख २२ गतेसम्म लम्ब्याउने सरकारको तयारी, प्रधानमन्त्री भन्छन्- जीवन रहे अर्थतन्त्र उकासौंला

कोरोना संक्रमितको संख्या धमाधम बढ्न थालेपछि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ । कम्तिमा थप एक हप्ता
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडाैं- कोरोना भाइरस संक्रमितको संख्या धमाधम बढ्न थालेपछि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ।

कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी भइराखेको एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार लकडाउन लम्ब्याउने विषयमा बिहीबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। त्यसमा प्रधानमन्त्री केपी ओलीदेखि अधिकांश मन्त्री सहमत देखिएका छन्। बैठकमा प्रधानमन्त्रीले लकडाउन लम्ब्याउनैपर्नेमा जोड दिएका थिए। 

खुला सीमा भएको छिमेकी मुलुक भारतमा तीव्र गतिमा संक्रमित भेटिएका कारण नेपालमा त्यसको प्रभाव पर्नसक्ने भन्दै लकडाउन थप्नुपर्नेमा स्वास्थ्य विज्ञहरुले सुझाव दिँदै आएका छन्।

लकडाउन खोले कोरोनाले भयावह रुप लिनसक्ने आँकलनसहित सरकार लकडाउन लम्ब्याउने पक्षमा देखिएको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार र अर्थमन्त्री युवराज खतिवडाले सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्ब्याउने या खोल्ने निर्णय गर्ने बताएका छन्।

बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै उनले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने सङ्केत गर्दै त्यसका लागि मुलुकको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

उनले भने, “लकडाउन खोल्ने हो भने मुलुकको स्वास्थ्य परीक्षणको विधि, उपकरण र स्वास्थ्यकर्मी ठिक ठाउँमा छन् कि छैनन्, सङ्क्रमणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ की छैन हेर्नुपर्छ,” मन्त्री खतिवडाले भने, “नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ कि छैन, यी यावतु कुरा हेरेर जोखिममुक्त छौं भनेपछि मात्रै खोल्ने हो।”

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मन्त्री खतिवडाले भने, “जीवनरक्षा नै पहिलो कुरा हो, अर्थतन्त्रमा पर्ने क्षति र अन्य क्षति त हामी पछि पनि उकास्न सक्छौं। जीवनरक्षाका लागि लकडाउन अवधि अगाडि बढाउनुपर्ने आवश्यकता रहे बढाउनुपर्छ ।”

उनले लकडाउन लम्बिँदै गर्दा दैनिक अत्यावश्यक उपभाेग्य सामग्री आपूर्तिमा  केही सहजता अपनाउनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ सरकार अघि बढेको बताए ।

चैत ११ गते सुरु भएको लकडाउन पटकपटक गरी वैशाख १५ सम्म लम्ब्याइएको छ।

प्रकाशित: Apr 24, 2020| 07:43 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।