बिहीबार, भदौ ४, २०८३

अमेरिकामा ४८४ अर्ब डलरको राहत प्याकेज पारित

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट ४८४ अर्ब डलरको राहत प्याकेज पारित भएको छ। लामो बहसपछि उक्त प्याकेजबारे मतदान भएको थियो।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट ४८४ अर्ब डलरको राहत प्याकेज पारित भएको छ। लामो बहसपछि उक्त प्याकेजबारे मतदान भएको थियो।

यो प्याकेजमा खासगरी साना व्यवसायीलाई कर्जा दिने र कोरोना भाइरसको परीक्षणका लागि अस्पताललाई ठूलो रकम उपलब्ध गराउने विषय समावेश छन्।

उता, कोरोना भाइरसको महामारीका कारण रोजगार गुमाएको भन्दै बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या २ करोड ६४ लाख नाघिसकेको छ।

विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित अमेरिकामा छन्। त्यहाँ कोरोना संक्रमितको संख्या ८ लाख ५० हजार पुगेको छ भने मृतकको संख्या ४९ हजार नाघेको छ।

बीबीसी

प्रकाशित: Apr 24, 2020| 07:46 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।