बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायतमा कोरोनाविरुद्धको खोप मानिसमा गरियो परीक्षण

बेलायतमा कोरोनाविरुद्धको खोप मानिसमा गरियो परीक्षण

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परिक्षण गर्न थालिएको छ ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।

भाइरसविरुद्धको खोप परीक्षणका लागि बेलायतमा आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।

उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ ।

परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यसबारेमा जानकारी हुने बीबीसीले लेखेको छ ।

सम्भावित खोपको परीक्षण अक्सफोर्डमा सुरु भएको जनाइएको छ । अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छन् ।

प्रकाशित: Apr 24, 2020| 06:51 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।