बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मर्नेको संख्या १ लाख ९० हजार नाघ्यो : कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

कोरोनाबाट मर्नेको संख्या १ लाख ९० हजार नाघ्यो : कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

२ सय १० देशमा फैलिएको कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख ३ हजार ६ सय १५ पुगेको छ । बिहीबार मात्रै ८३ हजार २ सय २६ जना संक्रमित थपिएका छन् ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १० देशमा फैलिएको कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख ३ हजार ६ सय १५ पुगेको छ । बिहीबार मात्रै ८३ हजार २ सय २६ जना संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ६ सय ४६ पुगेको छ भने मृतकको संख्या ४९ हजार ७ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३० हजार २ सय ५७ संक्रमित भेटिएका छन् भने २ हजार ९५ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ भने २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार मात्रै ४ हजार ६ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ४० जनाको मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ पुगेको छ भने मृतकको संख्या २५ हजार ५ सय ४९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४६ जना संक्रमित थपिएका छन् भने ४ सय ६४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै फ्रान्समा २ हजार २ सय ३९ जना नयाँ संक्रमित थपिदा ५ सय १६ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा संक्रमितको संख्या १ लाख ५३ हजार १ सय २९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ५ सय ७५ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८१ मा कोरोना पुष्टि भएको छ भने २ सय ६० जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा १ लाख ३९ हजार २ सय ४६ जना संक्रमित हुँदा १८ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै बेलायतमा ४ हजार ५ सय ८३ जना नयाँ संक्रमित थपिदा ६ सय ३८ जनाको मृत्यु भएको छ ।

टर्कीमा संक्रमितको संख्या १ लाख १ हजार ७ सय ९० पुगेको छ भने २ हजार ४ सय ९१ ले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ भने मृतकको संख्या ६ सय २१ पुगेको छ ।

नेपालमा भने बिहीबार ३ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रकाशित: Apr 24, 2020| 06:18 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।