अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा ४८४ अर्ब डलरको राहत प्याकेजबारे मतदान हुँदैछ। लामो बहसपछि उक्त प्याकेजबारे मतदान हुन लागेको हो।
यो प्याकेजमा खासगरी साना व्यवसायीलाई कर्जा दिने र कोरोना भाइरसको परीक्षणका लागि अस्पताललाई ठूलो रकम उपलब्ध गराउने विषय समावेश छन्।
उता, कोरोना भाइरसको महामारीका कारण रोजगार गुमाएको भन्दै बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या २ करोड ६४ लाख पुगिसकेको छ।
विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित अमेरिकामा छन्। त्यहाँ कोरोना संक्रमितको संख्या ८ लाख ४० हजार पुगेको छ भने मृतकको संख्या ४७ हजार नाघेको छ।
बीबीसी