काठमाडाैं- नेकपा नेता भीम रावलले राजनीतिलाई फोहोरी खेलको आहाल बनाउनेमाथि कारबाही गर्न माग गरेका छन्।
नेता रावलले समाजवादी र राजपाबीचको एकीकरण प्रक्रियामा सांसदलाई होटलको कोठामा थुनेर र अपहरण गरेर राजनीतिक आदर्श र मान्यताको धज्जी उडाइएकाे भन्दै त्यसमा संलग्नमाथि कारबाहीकाे माग गरेका हुन्।
साथै उनले अध्यादेश प्रकरणप्रति पनि विरोध जनाएका छन्।
रावलले ट्विट गर्दै भनेका छन्, 'सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ। यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ।'