बिहीबार, भदौ ४, २०८३

'पुस्तकजस्तो बफादार साथी कोही छैन'

तपाईं किताबप्रेमी हुनुहुन्छ भने तपाईंका लागि यो उपयुक्त समय हो। तपाईं आफ्नै कोठामा बसेर सारा विश्व भ्रमण गर्न सक्नु हुनेछ।'
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

अंग्रेजी भाषाका सुप्रसिद्ध आख्यानकार अर्निस्ट हेमिंग्वेले भनेका छन्, 'पुस्तकजस्तो बफादार साथी कोही छैन।' 
यति बेला संसारका करोडौं मानिस लकडाउनमा छन्। परिवारका सदस्यबाहेक घरभित्रको आत्मीय साथी के त? हेमिंग्वेले भनेजस्तै उपयुक्त साथी हुन सक्छ पुस्तक।

एउटा भनाइ छ- तपाईंको वजन कति छ भन्ने कुरा तपाईंको शारीरिक तौलले हैन, तपाईंले कति पुस्तक पढेको हुनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ।

यहाँ प्रसंग जोड्न खोजिएको हो, विश्व पुस्तक दिवस २०२० को।

लकडाउनका कारण पुस्तक दिवस कसैले औपचारिक कार्यक्रम गरेर मनाउन पाएन। यसपटकको पुस्तक दिवस सामाजिक सञ्जालमै सीमित भएकाे छ। उनीहरूले सामाजिक सञ्जालमा भावना लेखेर पुस्तक पढ्नुकाे महत्तालाइ स्पष्ट पारेका छन्। 

केही विशिष्ट व्यक्ति वा संस्थाले पुस्तक पढ्न सल्लाह दिएका छन् र मनपर्ने विधाबारे सोधपुछ गरेका छन्।

नोबेल पुरस्कार कमिटीले ट्विटमा सन् १९१३ मा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टेगौरको भनाइ उधृत गरेको छ। उसले भनेको छ, 'उच्च शिक्षा त्यो हो जसले हामीलाई सूचनामा मात्रै दिँदैन, हाम्रो जिन्दगीलाई शान्तिप्रिय बनाउँछ।'

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले आफ्नो जीवनलाई सधैं पुस्तकले नै सहज बनाउने गरेको लेखेका छन्।

उनले लेखेका छन्, 'मेरो जिन्दगीमा सधैं पुस्तकले सहज बनाउँदै आएको छ।' उनले पुस्तकले एक्लोपनको भावनालाई हटाइदिन सक्ने बताएका छन्। उनले भनेका छन्, 'विश्व पुस्तक दिवसमा पढेर परिवर्तनका लागि उत्सव मनाऔं।'

भारतीय धर्मगुर सदगुरुले लेखेका छन्, 'तपाईं किताबप्रेमी हुनुहुन्छ भने तपाईंका लागि यो उपयुक्त समय हो। तपाईं आफ्नै कोठामा बसेर सारा विश्व भ्रमण गर्न सक्नु हुनेछ।' 

प्रसिद्ध प्रकाशक पेन्ग्विनले भनेको छ, 'हामी पेन्ग्विन हौं वा पेन्ग्विन हामी सबै हौं। हामीलाई चाहिने पुस्तक नै हुन्, पुस्तक नै सबै थोक।'

भारत राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले ट्विट गर्दै पुस्तक दिवसको शुभकामना दिएका छन्। उनले भनेका छन्, 'यो सदीयौं समयदेखि लेखिएका कविता, आख्यान, गद्यको सम्झना गर्ने समय हो। किताब मानव सभ्यता र संस्कृतिलाई सम्झने मौका हो। त्यसैले किताबलाई साथी बनाऔं।'

युनेस्काेले २३ अप्रिल १९९५ देखि विश्व पुस्तक दिवस मनाउन थालेकाे हाे।

प्रकाशित: Apr 23, 2020| 21:00 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।