नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ। आज बिहीबार) मात्र तीनजना संक्रमित थपिएका छन्।
अहिले साँझमात्र थप एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित व्यक्ति २६ वर्षीय पुरुष हुन्। उनको ठेगाना खुलाइएको छैन।
यसअघि आजै दिउँसो उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरको रिपोर्ट पोजेटिभ आएको थियो।