इटहरी- प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या बिहीबारसम्म २८ जना पुगेको छ।
संक्रमित हुनेमा १६ नेपाली र १२ जना भारतीय छन्। संक्रमित नेपालीमा ४ जना मोरङ, ११ जना उदयपुर त्रियुगा ३ भुल्के र एक जना सप्तरीका हुन्।
उनीहरुको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रदेश १ मा ४८१३ जनाको कोभिड–१९ को परीक्षण भएको छ। ८८४ जनाको पीसीआर पद्धतिबाट र ३९२९ जनाको शीघ्र परीक्षण भएको छ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म कुल संख्या १ हजार ९२ पुगेको छ। २४ जना पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन्।
आइसोलेसनमा ३० जना छन्। आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन्। होम क्वारेन्टाइनमा चार हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ९४ र ४ हजार १ सय १६ पुरुष छन्।