बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चैत २३ मा दिल्लीबाट आएका थिए सर्लाहीका कोरोना संक्रमित बालक

चैत २३ मा दिल्लीबाट आएका थिए सर्लाहीका कोरोना संक्रमित बालक

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक चैत २३ गते नयाँदिल्लीबाट आएको पाइएको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

जनकपुरधाम- पछिल्लोपटक कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक चैत २३ गते नयाँदिल्लीबाट आएको पाइएको छ। सर्लाहीको धनकौल गाउँपालिकाको हरकठबाका ती बालक दिल्लीबाट रौतहटको सीमा हुँदै सर्लाही पुगेका थिए।

सामाजिक विकास मन्त्रालयका अनुसार ‘लकडाउन’ कै अवधिमा घर पुगेको जानकारी पाएलगत्तै उनलाई क्वारेन्टाइनमा राखिएको थियो। आरडीटी जाँचमा पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको मन्त्रालयका एक कर्मचारीले बताए।

प्रादेशिक अस्पताल जनकपुरले स्वाब रिपोर्ट निगेटिभ दिएपछि बालकलाई घर फर्काइएको थियो। त्यसपछि टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकाेटले ती बालकलाई काेराेना भाइरस संक्रमण भएकाे बिहीबार पुष्टि गरेका हुन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बालकलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको जानकारी दिए।

‘प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षण निगेटिभ देखिएपछि उनलाई घर पठाइएको रहेछ,’ जीसीले नेपाल समयसँग भने, ‘आज पुनः पोजिटिभ भनिएको छ। गाउँमा रहेका उनलाई हामी आइसोलेसनमा पठाउँदै छौं।’

ती बालकको ट्राभल हिस्ट्री पनि पत्ता लगाउने काम भइरहेको उनले जानकारी दिए।

प्रकाशित: Apr 23, 2020| 19:05 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।