बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका अस्पतालमा रहेका कोरोना संक्रमित सबै डिस्चार्ज

काठमाडौंका अस्पतालमा रहेका कोरोना संक्रमित सबै डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या बिहिबारसम्म ४७ पुगेको छ भने उपचारपश्चात् निको हुनेको संख्या ९ पुगेको छ ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या बिहिबारसम्म ४७ पुगेको छ भने उपचारपश्चात् निको हुनेको संख्या ९ पुगेको छ ।

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जना, धौलागिरी अस्पतालका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा रहेका ३ जना तथा पाटन अस्पतालका २ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

नेपालका पहिलो कोरोना संंक्रमितलाई माघ ९ गते पुष्टि भएको थियो। उनी चीनको वुहान (कोरोना भाइरसको उद्गमस्थल) बाट आएका थिए । उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराएर उनी माघमै डिस्चार्ज भए।

त्यस्तै दोस्रो संक्रमित १९ वर्षिया युवती पनि टेकु अस्पतालबाट निको भएर घर फर्किसकेकी छिन् । उनलाई १० चैतमा देखिएको थियो ।

कोरोनाका तेस्रो संक्रमित पनि टेकु अस्पतालमा उपचारत थिए । धादिङका ३२ वर्षीय पुरुष पनि आजै आजै टेकु अस्पतालबाट विदा भएका छन् ।

उता पाटन अस्पतालमा भर्ना भएका २ संक्रमितहरु पनि बिहिबार नै संक्रमण मुक्त भएर घर फर्किएका छन् । वैशाख २ गते काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो ।

संक्रमण देखिएका २ जना पाटन अस्पतालमा उपचाररत थिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या शून्य भएको छ ।

 

 

प्रकाशित: Apr 23, 2020| 18:54 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।