बिहीबार, भदौ ४, २०८३

पार्टी एकीकरणले संसदीय प्रणाली मजबुत बनाउँछ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच भएको एकतामा खुसी व्यक्त गरेका छन्।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच भएको एकतामा खुसी व्यक्त गरेका छन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले दुई पार्टी एक भई बनेको जनता समाजवादी पार्टीले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुर्याउने विश्वास आफूले लिएको बताए।

देउवाले आफ्नो र पार्टीको तर्फबाट नवगठीत पार्टीलाई शुभकामना दिँदै भनेका छन्, ‘संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुसी व्यक्त गर्दछु। दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।’

प्रकाशित: Apr 23, 2020| 18:12 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।