बिहीबार, भदौ ४, २०८३

कोरोना जितेर घर फर्किइन् कैलालीकी ५० वर्षीया महिला

कैलालीको लम्की चुहा नगरपालिका–१ की ५० वर्षीया कोरोना संक्रमित महिला पनि कोरोना जितेर घर फर्किएकी छन्।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं– कैलालीको लम्की चुहा नगरपालिका–१ की ५० वर्षीया कोरोना संक्रमित महिला पनि कोरोना जितेर घर फर्किएकी छन्।

उनी सुदूरपश्चिममा कोरोना जितेर घर फर्किने चौथो संक्रमित हुन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती महिला बिहीबार डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

उनी वीरगंजबाट कैलाली आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन्। वैशाख १ गते कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुर वेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै कोरोना जितेर घर फर्किसकेका छन्।

सुदूरपश्चिममा कोरोना संक्रमित धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीय एक महिला मात्रै सेती अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।

उनी कोरोना जितेर घर फर्किएका ३४ वर्षीय युवकको भाउजू हुन्।

प्रकाशित: Apr 23, 2020| 18:02 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।