बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सेनिटाइजर उत्पादन सुरु

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सेनिटाइजर उत्पादन सुरु

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सेनिटाइजर उत्पादन सुरु गरेको छ ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सेनिटाइजर उत्पादन सुरु गरेको छ ।

कोरोना भाइरसपछि बजारमा देखिएको अभाव टार्ने र विश्वविद्यालयलाई उत्पादनसँग जोड्ने उद्देश्यका सेनिटाइजर उत्पादन थालिएको शिक्षा शास्त्र संकायका सहायक डीन एवम् सेनिटाइजर उत्पादन समन्वय समितिका संयोजक विष्णु खड्काले जानकारी दिए ।

बिहीबारमात्रै विश्वविद्यालयले ६० मिलिलिटरका एक हजार थान उत्पादन गरेको छ । पहिलो चरणमा उत्पादिन सेनिटाइजर कर्णालीका विभिन्न अस्पताल र प्रदेश सरकारका मन्त्रालयलाई निःशुल्क रुपमा वितरण गरिने खड्काले जनाए ।

करिव ७५ हजारको लागतमा विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको साइन्स ल्याबमा सेनिटाईजर उत्पादन सुरु गरिएको हो । अवदेखि निरन्तर रुपमा सेनिटाइजर उत्पादन गरिने विश्वविद्यालयले जनाएको छ ।

बजार मूल्यभन्दा सस्तो तर गुणस्तरिय उत्पादन गर्ने उद्देश्यले खड्काको संयोजकत्वमा पाँच सदस्यीय सेनिटाइजर उत्पादन समिति समेत गठन गरिएको छ । जसको सदस्यमा विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाई, प्रध्यापक पदमराज जोशी, सविता ढुङ्गाना र युवा बैज्ञानिक राजेन्द्र विष्ट रहेका छन् ।

प्रकाशित: Apr 23, 2020| 18:06 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।