शुक्रबार, चैत १, २०८१

बागलुङकी संक्रमित युवतीको पाँचाैं रिपोर्ट नेगेटिभ

कोरोनाबाट संक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौं परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

health

बागलुङ– कोरोनाबाट संक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौं परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते आएकी उनलाई चैत १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
“बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ, भोलि नै अर्को परीक्षणका लागि नमुना पठाउँछौं”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने।

छैटौं जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ। हाल उनी अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छिन्। युवतीको स्वास्थ्य अवस्थामा भने सामान्य छ। युवतीसँगै बेल्जियमबाट आउँदा संक्रमित भएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किएकी छन्। रासस

प्रकाशित: Apr 23, 2020| 17:26 बिहीबार, वैशाख ११, २०७७
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।