धनगढी– कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंका गरिएका कैलालीको गौरीगंगा नगरपालिकाका दुई सय ८३ जनाको र्यापिड टेस्ट (द्रूत परीक्षण) रिपोर्ट नेगेटिभ देखिएको छ।
विदेशबाट घर फर्किएका गौरीगंगा नगरपालिका वडा नम्बर २, ५, ६, ७, ९ र ११ वडाका ती सबैको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ देखिएको प्राथमिक स्वास्थ्य केन्द्र, चौमालाका डा. फूलराम चौधरीले जानकारी दिए। “हामी नगरभित्र आएका सबैको र्यापिड टेस्ट गर्छाैं,” उनले भने।
गौरीगंगा नगरपालिकामा चैत २८ गतेदेखि टेस्ट गरिएको थियो।
भारतलगायत देशबाट आएका ५८ जना सबैको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ देखिएको गौरीगंगा नगरपालिका–६ का वडाअध्यक्ष कमला शर्माले जानकारी दिइन्।