बिहीबार, भदौ ४, २०८३

हिमपहिरोमा बेपत्ता थप एक जनाको शव फेला

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटकमध्ये थप एकको शव फेला परेको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

कास्की– अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटकमध्ये थप एकको शव फेला परेको छ।

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाउँपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार दुई मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एक जनाको बुधबार शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया सुरु भएको पर्यटक प्रहरी कार्यालय, बैदामका प्रमुख एवं प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिए पनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ। घटनास्थल नजिकै तीन वटा झोला र चस्मा समेत फेला परेको बताइन्छ।

“अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनुभएको छ। उहाँहरू घटनास्थल पुगेर हेरेपछिमात्र शवको सनाखत हुन्छ,” प्रहरी निरीक्षक खनालले भने।

पहिरोमा हराएकामध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो।

रासस

प्रकाशित: Apr 23, 2020| 16:49 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।