बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरी डिएसपी कुटपिटबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

सशस्त्र प्रहरी डिएसपी कुटपिटबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं– सशस्त्र प्रहरीको रूपन्देहीको सुनौलीस्थित ३८ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाही कुटपिट घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

ब्यारेकभित्र सशस्त्र प्रहरी निरीक्षक केशव भट्टराई र दयाराम पौडेलले शाहीलाई कुटपिट गरेको घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलको संयोवकत्वमा तीन सदस्यीय समिति गठन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले घटनाको अनुसन्धान गर्न ५ नम्बर वाहिनीमा कार्यरत पोखरेलको नेतृत्वमा तीन सदस्य छानबिन टोली गठन गरेको जानकारी दिए।

“आफ्नै हाकिमलाई कुटपिट गरेर अनुशासनहिन काम गरेको पाइयो,” श्रेष्ठले भने, “घटनाकाे छानबिन गर्न बाहिनीलाई निर्देशन भइसकेको छ।” घटनाको छानबिनपछि दोषीमाथि कारवाही गरिने श्रेष्ठले बताए।

प्रहरी निरीक्षकद्वयले मदिरा सेवन गरी मंगलवार राति शाहीलाई कुटपिट गरेको सशस्त्र प्रहरीले जनाएको छ। कुटपिटको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित: Apr 23, 2020| 15:27 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।