काठमाडौं– राजपा र समाजवादी पार्टीका नेताहरूले पार्टी एकता भएको जानकारी सभामुख अग्निप्रसाद सापकोटालाई दिएका छन्।
सिंहदरबारस्थित सभामुखको कार्याकक्षमा पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरूले उक्त जानकारी गराएका हुन्।
पार्टी विभाजनको संघारमा पुगेपछि गएराति राजपा र समाजवादीले पार्टी एकीकरण घोषणा गरेको थियो।
पार्टीको नाम, झण्डा र चुनाव चिन्ह तय भएको छ। तर, पार्टी नेतृत्वको टुंगो लागेको छैन।
बिहीबार नै जनता समाजवादी पार्टीका नेताहरूले निर्वाचन आयोगमा पार्टी एकताको जानकारी गराएको छ।
