बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

सरकारविरुद्ध सामाजिक सञ्जालमा गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं– सरकारविरुद्ध सामाजिक सञ्जालमा गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

नेपाल प्रहरीको साईबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले उपाध्यायलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको जानकारी दिए। 

उपाध्यायविरुद्ध ब्युरोले विद्युतीय कारोवार ऐनअन्तर्गत अनुसन्धान थालेको जनाएको छ।

प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा ब्युरोको टोलीले उपाध्यायलाई बुधबार बेलुकी ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो।

“सामाजिक सञ्जालमा उहाँले लेखेको कुराले विद्युतीय कारोवार ऐन आकर्षित हुन्छ,” अर्यालले भने, “दुई वटा उजुरी परेपछि उहाँलाई पक्राउ गरिएको हो।”

अर्यालका अनुसार उपाध्यायविरुद्ध थप उजुरी आउने सम्भावना छ।

पछिल्लो समय उपाध्यायले सामाजिक संजाल फेसबुक र ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका विरुद्ध खरो आलोचना गर्दै आइरहेका थिए। सरकारका लगत क्रियाकलापको खरोविरुद्ध गर्दै आएका उपाध्यायले विदेशमा रहेका नेपाली राजदुतावासको औचित्य, राजदूतको भूमिका लगायतका बारेमा औँला उठाउँदै आएका थिए।

पछिल्लो पटक सरकारले ल्याएको दुई वटा अध्यायदेशका विरुद्ध ‘घरफोड’ कथा नै लेखेका थिए। 

 

सरकारले ओम्नी ग्रुपसँगको औषधि खरिदको सम्झौता रद्द नगरेर धरौटी जफत गर्नुपर्ने। कर्मचारीको तलब कटाउनुको साटो मन्त्री सांसदको खर्च कटाएर कोरोना विरुद्धको कोषमा रकम जम्मा गर्नुपर्ने आवाज उपाध्यायले उठाउँदै आएका थिए।

प्रकाशित: Apr 23, 2020| 14:44 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।