बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुहिएको खाद्यान्न बाँडेको आरोपमा पक्राउ परेका कलैयाका मेयर धरौटीमा छुटे

कुहिएको खाद्यान्न बाँडेको आरोपमा पक्राउ परेका कलैयाका मेयर धरौटीमा छुटे

राहतमा कुहिएको दाल र चामल बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन्।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं– राहतमा कुहिएको दाल र चामल बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन्।

मेयर यादवसहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बाराले दुई लाख ८१ हजार रूपैयाँ धरौटी लिएर बुधबार बेलुकी साधारण तारेखमा रिहा गरेको हो।

सोही प्रकरणमा पक्राउ परेका वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैन पनि यादवकै जति रकम धरौटी बुझाएर तारेखमा रिहा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले बुधबार साँझ यादव र जैनलाई धरौटीमा छोड्ने आदेश दिएका हुन्। यस्तै, कुहिएको दाल प्रकरणमा पक्राउ परेका कलैया वडा नम्बर १ का वडाअध्यक्ष हरिओमप्रसाद साह सोनार, वडा नम्बर ७ का वडाअध्यक्ष सैफुल्लाह अन्सारी, वडा नम्बर ११ का वडाअध्यक्ष सर्ब नारायण चौधरी, वडा नम्बर १३ का वडाअध्यक्ष राजनप्रसाद कुर्मी, वडा नम्बर २६ का वडाअध्यक्ष महेश साह, वडा नम्बर २७ का वडाअध्यक्ष रियाजुल अन्सारी ६० हजार धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ।

मेयर यादवका काकाको छोरा रवीन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारीद्वय बच्चु यादव र कृष्णप्रसाद यादवलाई पनि ६० हजार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

कुहिएको दाल र चामल बाँड्नेविरुद्ध कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको थियो।

प्रकाशित: Apr 23, 2020| 14:02 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।