बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमितले स्वस्थ शिशु जन्माइन्

भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् ।

उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएकी हुन् । शिशुमा कोरोनाको संक्रमण देखिएको छैन र उनलाई आमाभन्दा छ फिट पर राखिएको जनाइएको छ ।

आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ । उक्त टोलीमा प्रसुती रोग विशेषज्ञहरुका साथै भाइरल रोगका विशेषज्ञहरु पनि रहेका बताइएको छ ।

समाचारमा जनाइएअनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको संक्रमण हुने हो कि भन्ने ठूलो त्रासमा त्यहाँका चिकित्सक र स्टाफ नर्सहरु रहेका थिए ।
तर पनि सोमबार बिहान बच्चा जन्मिएपछि उनको परीक्षणबाट ती शिशु संक्रमित नरहेको समाचारले भने अस्पतालमा खुशी दिलाएको बताइएको छ ।

त्यसैले ती शिशुलाई पनि सामाजिक दुरी कायम गरेर आमाभन्दा पर राखिएको छ भने आमा र बच्चाको स्याहार र उपचारमा चिकित्सकहरुको विशेष टोली खटाइएको छ ।
ती आमाले सोमबार बिहान शिशुलाई जन्म दिएकी हुन् । नवजात शिशु २.५ किलोग्राम वजनको र स्वास्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ ।

त्यस अस्पतालमा अरु पनि कोरोनाका संक्रमितहरुको उपचार जारी रहेको सो अस्पतालले जनाएको छ । ती आमालाई उक्त शिशुलाई दूध चुसाउन दिइएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ ।

शिशु र उनको आमालाई उनको बुबाले भिडियो कन्फ्रन्सिङमार्फत् हेर्ने व्यवस्था मिलाइएको थियो । सुत्केरीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन ।

रासस

प्रकाशित: Apr 23, 2020| 13:48 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।