बिहीबार, भदौ ४, २०८३

गौहत्या अभियोगमा पक्राउ

गाई र गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गाई काटेको अभियोगमा बाँकेमा एक जना र गोरु काटेको अभियोगमा सिन्धुपाल्चोकबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं - गाई र गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गाई काटेको अभियोगमा बाँकेमा एक जना र गोरु काटेको अभियोगमा सिन्धुपाल्चोकबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ।

बाँकेको खजुरा गाउँपालिका-८ चमकका ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो। दर्जीले स्थानीय ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साईसँग मिलेर गाई काटेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी रनियापुरबाट खटिएको टोलीले दर्जीलाई गाईको मासुसहित घटनास्थलबाटै पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ। गाई काट्ने कार्यमा संलग्न वितन र नफिसको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-६ सिपाखोलाका ४२ वर्षीय यम बहादुर तामाङलाई गोरु काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। स्थानीय लाल बहादुर बम्जनको गोठमा गोरु काटिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले गोरुको मासु र गोरु काट्न प्रयोग भएको बन्चरो तथा खुकुरीसहित तामाङलाई पक्राउ गरेको हो। घटनामा संलग्न लाल बहादुर र बिष्णे तामाङको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: Apr 23, 2020| 13:41 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।