काठमाडौं - राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लोकतन्त्र र संविधानको मर्मविपरीत भएको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्।
पूर्वसांसद रञ्जित कर्णको नेतृत्वमा राजधानीको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरिएको हो। सरकारले केही दिनअघि दुई अध्यादेश जारी गरेपछि प्रतिपक्षबाट यसको चर्को विरोध भएको छ। प्रदर्शनका क्रममा कांग्रेस कार्यकर्ताले सामाजिक दूरी कायम गरेका थिए।