बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राउतका संसदीय विकास प्रतिनिधि शेख पक्राउ

मुख्यमन्त्री राउतका संसदीय विकास प्रतिनिधि शेख पक्राउ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका संसदीय विकास प्रतिनिधि शेख समिरलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका संसदीय विकास प्रतिनिधि शेख समिरलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।

राउतका सचिवालय सदस्यसमेत रहेका शेखलाई प्रहरीले बुधबार साँझ छपकैयास्थित उनको घरबाट पक्राउ गरेको हो। पार्टी विभाजनको कुरा चलिरहँदा प्रहरीले शेखलाई नियन्त्रणमा लिएको हो। मुख्यमन्त्री राउत भने काठमाडौंमा छन्।

शेखलाई किन पक्राउ गरिएको हो यसबारे प्रहरीले स्पष्ट गरेको छैन्। प्रहरी चारैतिर घेरा हालेर शेखलाई उनको घरबाट पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
पर्साका एसपी गंगा पंतले शेख फक्राउ परेकोबारे आफूलाई जानकारी नरहेको भन्दै राजस्वसँग बुझ्नुपर्ने बताइन्। 'शेख पक्राउ परेको मैले पनि सुनेको छु तर थप कुरा राजस्वसँग बुझ्नुपर्ने हुन्छ', उनले भनिन्।

प्रकाशित: Apr 23, 2020| 10:04 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।