बिहीबार, भदौ ४, २०८३

विदेशी खेलाडीलाई एन्फाको उपहार तरकारी र चामल

विदेशी फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपहार स्वरुप खाध्यान्न सामाग्री प्रदान गरेको छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- नेपालमा बसेर फुटबल खेलिरहेका विदेशी फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपहार स्वरुप खाध्यान्न सामाग्री प्रदान गरेको छ।

ए डिभिजन लिग खेलिरहेका र प्रशिक्षण गरिरहेका २८ जनालाई तरकारी, चामललगायतका खाध्यान्न समान प्रदान गरेको हो।

विदेशी खेलाडीहरु ए डिभिजनका विभिन्न क्लबमा आबद्ध रहेर सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।

तर एक महिनाबाट सरकारले जारी गरेको लक डाउनका कारण उनीहरु काठमाडौमै रोकिएका छन। एन्फाले आफ्नै सवारी प्रयोग गरेर काठमाडौंका विभिन्न ठाउँमा बसेका खेलाडी र कोचलाई सामान बितरण गरेको हो।

एन्फाले यसअघि पनि एम्बुलेन्स र एन्फा एकेडेमीको भवन आवश्यक परेमा कोरोनाविरुद्धको लडाइँमा प्रयोग गर्न आव्हान गरेको छ।

त्यस्तै कोहलपुरको महिला एकेडेमी भने क्वारेन्टिन बनाउन प्रयोग गरिसकिएको छ।

प्रकाशित: Apr 23, 2020| 10:04 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।