बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विभाजनमा हस्ताक्षर गरेका सांसद यादव एक्कासि भट्टराई निवासमा

विभाजनमा हस्ताक्षर गरेका सांसद यादव एक्कासि भट्टराई निवासमा

निर्वाचन आयोगमा उपस्थित हुनुपर्ने सांसद एक्कासि डा. बाबुराम भट्टराई निवासमा पुगेपछि समाजवादीबाट विभाजित रेणु यादव समूह अन्याेलमा परेकाे छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- निर्वाचन आयोगमा उपस्थित हुनुपर्ने सांसद एक्कासि डा. बाबुराम भट्टराई निवासमा पुगेपछि समाजवादीबाट विभाजित रेणु यादव समूह अन्याेलमा परेकाे छ। 

समाजवादीबाट अलग भएका सांसद डा.सुरेन्द्र यादव नाटकीय शैलीमा समूहबाट बाहिरिएपछि विभाजनका लागि चाहिने संख्या अपुग हुने भएकाे छ। 

बुधबार राति उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा विभाजित भएकाे थियाे। सांसदहरुले राति नै नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा पठाइसकेका छन्। त्यसमा सांसद डा.यादवले पनि हस्ताक्षर गरेका छन्। 

पार्टी विभाजनका लागि आवश्यक सांसद संख्यासहित विभाजित समूह बिहीबार दिउँसो संसद सचिवालय र निर्वाचन आयोगमा जानुपर्ने हुन्छ। अलगिएको समूहमा हस्ताक्षर गरेका सांसद डा.सुरेन्द्र यादव नाटकीय शैलीमा समूहबाट बाहिरिएपछि नयाँ दल दर्ता गर्न सांसद संख्या अपुग हुने भएकाे छ।

डा. यादव महोत्तरीबाट काठमाडौंमा आएका छन्। उनलाई प्रहरीले अपहरण गरेको समाजवादी पार्टीको आरोप छ। बुधबार राति म्यारिएट होटलमा रहेका डा.यादव बिहीबार बिहान डा. बाबुराम भट्टराई निवास पुगेका छन्। डा. यादव भट्टराई निवासमा पुगेकाे उनका निजी सचिव विश्वदीप पाण्डेले पुष्टि गरेका छन्।

पाण्डेका अनुसार 'बुधबार बेलुका कसरी अपहरण भयो? प्रशासनबाट केके दुःख भोग्नुपर्‍यो? प्रधानमन्त्रीले राति फोनमा के भन्नुभो? बिहान होटलबाट कसरी भागें' भनेर यादवले भट्टराईसँग विस्तृतमा बताएका छन्।

यसअघि सांसद विमल श्रीवास्तवले पनि उक्त समूह छोडेका छन्। समाजवादी पार्टी विभाजनका लागि न्यूनतम ७ जना सांसद चाहिन्छ।

 

 

 
 
 
 
 
 
 
 
 
 
 

प्रकाशित: Apr 23, 2020| 09:29 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।