बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आमाको मुख हेर्ने दिन लकडाउन तोडेको भन्दै ८ सय ७२ जना पक्राउ

आमाको मुख हेर्ने दिन लकडाउन तोडेको भन्दै ८ सय ७२ जना पक्राउ

लकडाउनको ३२ औं दिन बिहीबार बिहान काठमाडौं उपत्यका विभिन्न स्थानबाट ८ सय ७२ जनालाई पक्राउ गरेको छ ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा कडाइ गरेको छ ।

लकडाउनको ३२ औं दिन बिहीबार बिहान काठमाडौं उपत्यका विभिन्न स्थानबाट ८ सय ७२ जनालाई पक्राउ गरेको छ । आमाको मुख हेर्ने दिनका लागि किनमेल गर्ने भन्दै भिड गर्नेहरु बढेपछि प्रहरीले धमाधम पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ सय २८ जना महिला छन् । पक्राउ परेकालाई दुई घण्टा सडकमै होल्ड गरेर राखिएको महानगरिय प्रहरी परिसर प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

यसैगरी, दुई पाङ्ग्रे र चारपाङग्रे गरेर ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

कोरोना संक्रमित थपिदै गएको अवस्थामा पसलहरुमा भीड गर्ने, अत्यावश्यक कामबिनै घरबाहिर निस्किनेलाई पक्राउ गरिएको डिआइजी पोखरेलले बताए । उनले भने– 'चाडपर्व मनाउने भन्दा रोगसँग जोगिने बेला हो यो । यदि यसलाई मनन नगरि कोहि घरबाहिर निस्किछ भने हामी कसैलाई पनि छाड्दैनौँ ।'

काठमाडौं उपत्यकाबाट पछिल्लो एक हप्तामा औसतमा हरेक बिहान ८ सय ब्यक्ति पक्राउ पर्ने गरेका छन् । कोरोना संक्रमित थपिदै गएसँगै लकडाउनमा थप कडाइ गरिएको छ ।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरेको थियो । बैशाख १५ गतेसम्म लकडाउन जारी रहने छ ।

प्रकाशित: Apr 23, 2020| 09:07 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।