शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यादेशबाट झस्किएको कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो

अध्यादेशबाट झस्किएको कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।

कोरानाको महामारीका बेला सरकारले दल विभाजन गर्न सहज हुने र संवैधानिक परिषद्बाट बहुमतका आधारमा निर्णय गर्न सकिने विधेयक जारी गरेपछि झस्किएको कांग्रेसले बैशाख १७ गतेका लागि केन्द्रिय समितिको बैठक डाकेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले अध्यादेश कुनै पनि हालतमा सरकारले फिर्ता लिनु पर्ने माग गर्दै आएको छ । प्रधानमन्त्री केपीशर्मा ओली लोकतन्त्र सिध्याउने खेलमा लागेको भन्दै सरकारी कदमको कांग्रेसले चर्को आलोचना गर्दै आएको छ ।

मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकले अध्यादेश फिर्ता नलिए आन्दोलनमा समेत जान पछि नपर्ने चेतावनी दिएको थियो । सोहि बैठकको निर्णयलाई बल पुर्याउने गरि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्न लागेको हो ।

प्रकाशित: Apr 23, 2020| 07:11 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।