शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपा–समाजवादीबीच एकीकरण, नयाँ दलको नाम 'जनता समाजवादी पार्टी'

राजपा–समाजवादीबीच एकीकरण, नयाँ दलको नाम 'जनता समाजवादी पार्टी'

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भई  ‘जनता समाजवादी पार्टी’ गठन भएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भई  ‘जनता समाजवादी पार्टी’ गठन भएको छ।

पार्टीको झण्डा अहिले समाजवादीले प्रयोग गर्दै आएको रहने र चुनाव चिह्न  राजपाले प्रयोग गर्दै आएको  छाता रहने सहमति भएको छ। यद्यपि सामूहिक नेतृत्वमा रहेका यि दुबै पार्टी एक भएपछि नेतृत्वमा को रहने भन्ने औपचारकि जानकारी गराइएको छैन।

समानताकै आधारमा नेतृत्व चयन गर्ने सहमति भएको र्वार्तामा सहभागी एक नेताले बताए।

‘नेतृत्व र वरियता क्रममा पहिलेदेखि नै सहमति भएको छ।’ उनले भने,‘तर तत्कालै सबै साथीहरुसँग छलफल हुन नसक्दा बुधबार राति नै नेतृत्वको घोषणा गर्न सकिएन।’

राजपाका नेता शरदसिंह भण्डारीको निवासमा भएको वार्तामा एकताका लागि सहमति भएको हो। सहमति अनुसार महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई क्रमसः वरियतामा रहनेछन। 

यसैबीच, एकतासँगै असन्तुष्टी पनि देखिएको छ। पार्टी एकीकरण सम्बन्धी निर्णायक वार्तामा राजपा अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा र राजकिशोर यादव अनुपस्थित थिए।

उता समाजवादी पार्टीबाट उपाध्यक्ष रेणु यादव र काठमाडौं आइपुगेका अर्का उपाध्यक्ष एवं प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत अनुपस्थित थिए।  उनीहरु एकीकरणबाट असन्तुष्ट रहेको बुझिएको छ।

दल विभाजन खुकुलो हुने गरी सरकारले अध्यादेश आएपछि दुवै पार्टीको विभाजन रोक्न राजपा र समाजवादीबीच हतार हतारमा एकताको गरिएको हो।  

प्रकाशित: Apr 22, 2020| 23:36 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।