बिहीबार, भदौ ४, २०८३

‘लकडाउन’ ले जानकी नवमी प्रभावित

‘लकडाउन’ का कारण जनकपुरमा मनाइने जानकी नवमी प्रभावित हुने भएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

जनकपुरधाम- ‘लकडाउन’ का कारण जनकपुरमा मनाइने जानकी नवमी प्रभावित हुने भएको छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बुधबार पत्रकार सम्मेलन गरेर जानकी नवमीमा यस वर्ष कुनै उत्सव आयोजना नगरिने जानकारी दिएका छन् ।

‘अहिलेको पहिलो प्राथमिकता कोरोनाविरुद्धको लडाइँ हो। हामी सबै एकजुट भएर कोरोनाविरुद्ध लड्नुपर्नेछ,’ उनले भने, ‘कोरोना संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन पालना गर्नुपर्ने भएकोले हामी यस वर्ष जानकी नवमीमा कुनै उत्सव नगर्ने निष्कर्षमा पुगेका छौं।’

उत्सव तथा मेला आयोजना नगरिए पनि उनले वैशाख २० गते मनाइने जानकी जन्मोत्सवका अवसरमा ९ दिनसम्म मन्दिरभित्रै पूजाअर्चना गरिने जानकारी दिए।

उत्तराधिकारी महन्त दासले विश्वभर फैलिएको कोरोना महामारीका कारण जारी लकडाउनको पालना गर्दै घरभित्रै विशेष आरती र दीपोत्सवका साथ जानकी जन्मोत्सव मनाउन आग्रह गरेका छन्।

प्रकाशित: Apr 22, 2020| 21:04 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।